सूचनाको हक, सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रकृयाका सम्बन्धी दुई दिने तालिम सुरु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगा नगरपालिका– ११ कान्तिपुरमा सूचनाको हक,सामाजिक जबाफदेहिता औजार र योजना छनोट प्रकृया सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत समुदायमा गठन गरिएको मसुरीया रेडियो श्रोताको आयोजनामा तालिम सुरु भएको हो । दुई दिने तालिममा महादेव मसुरीया रेडियो श्रोता समूहका पदाधिकारिहरुको साथै स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

युवाहरूलाई सूचनाको हक,सामाजिक जबाफदेहिताको औजार र योजना छनोट प्रकृयाको बारेमा जानकारी दिनको लागी तालिमको आयोजना गरिएको मसुरीया रेडियो श्रोता समूहका सहजकर्ता प्रेम चौधरीले जानकारी दिए ।समूहको निर्णय अनुसार तालिमको आयोजना गरेको उनले बताए । सहभागी युवाहरूलाई पहिलो दिन सूचनाको हकको बारेमा जानकारी दिएको थियौ ।

उनीहरूलाई सूचनाको हकका अभियन्ता पवन बोगटीले तालिमको सहजीकरण गरेका थिए । नागरिकको सूचना माग्ने, पाउने र प्रसार गर्ने अधिकार नै सूचनाको हक भएको पवन बोगटीले बताए । सरकारी कार्यालयहरू मन्त्रालय, विभाग, प्रदेश सरकारका कार्यालयहरू, स्थानीय सरकारहरू, संवैधानिक निकायहरू, जिल्ला स्थित कार्यालयहरू, तथा अन्य सबै सरकारी कार्यालयहरूले गरेका कामहरूको सूचना माग गर्दा उनीहरूलाई जबाफदेही बनाउन ठुलो मदत पुगेको उनले बताए ।

सिकेको कुराहरू व्यवहारमा उतार्न सके सुशासन र जबाफदेहिता कायम गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका बताइएको छ । अमेरिकी अन्तराष्टीय विकास नियोग यु।एस।आ।डी को सहयोगमा सञ्चालित पारस्परिक जबाफदेहिता कार्यक्रमका लागी एफएचआईथ्रिसिस्ठी सगंको सहकार्यमा रेडियो श्रोता समूह गठन गरेको छ । रेडियो श्रोता समूहले महिनाको दुई पटक बैठक बसी रेडियो कार्यक्रम साझा बोली सुन्ने र प्रतिक्रिया दिने गर्दछन् । साथै गाउँ ठाउँमा विभिन्न कार्यक्रमहरु पनि गर्दे आएका छन् ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed