नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

शेयेर गर्नुहोस

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले महिला फुटबल टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’ मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

दोस्रो चरणमा गएको मङ्गलवार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग दुई–एक गोल अन्तरले पराजित भएको थियो ।

दुई खेलमा नेपाले एक अङ्कमात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed