नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

शेयेर गर्नुहोस

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले महिला फुटबल टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’ मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

दोस्रो चरणमा गएको मङ्गलवार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग दुई–एक गोल अन्तरले पराजित भएको थियो ।

दुई खेलमा नेपाले एक अङ्कमात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed