विङ्गरबाट खसेर दानसिँहको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुरबाट धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ
मंगलबार महेन्द्रनगरदेखि धनगढी आइरहेको म १ ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको आज मृत्यु भएको हो ।

शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

amazed