घोडाघोडीको प्रतिखेतमा प्रहरी पोष्टको उद्घाटन

शेयेर गर्नुहोस

वीरेन्द्र शाह,
सुखड। कैलालीको घोडाघोडीमा अस्थाई प्रहरी पोष्टको उद्घाटन गरिएको छ । पालिकाको वडा नम्बर ६ स्थित प्रतिखेतमा सुदूरपश्चिम प्रदेश सांसद अमर बहादुर साउँदले एक कार्यक्रमका बिच प्रहरी पोष्टको उद्घाटन गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद साउँदले प्रहरीको पहुँचले गर्दा समाजमा हुने नकारात्मक क्रियाकलापहरूमा कमी आउने विश्वास व्यक्त गरेका छन् । विकट ठाउँमा अस्थाई प्रहरी पोष्ट हुनु खुसीको कुरा भएको उनले बताए । अस्थाई प्रहरी पोस्ट स्थापना हुँदा गाउँ घरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण हुनुको साथै शान्ति सुरक्षाको प्रत्याभूति हुने उनले बताए ।

यसको स्तर उन्नतिको लागी प्रदेश सरकारले आवश्यक पहलकदमी गर्ने आश्वासन दिएका छन् । यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले यो प्रहरी पोष्टलाई क्षमता वान र स्रोत साधन सम्पन्न गर्नको लागी स्थानीयहरूको महत्त्वपूर्ण सहयोग हुने पर्नेमा जोड दिए । नगरपालिकाले आफ्नो तर्फ बाट गर्ने सर सहयोग गर्ने उनले बताए । शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मात्र नभएर आम सर्वसाधारण व्यक्तिहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने उनले बताएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले यस ठाउँमा हुने अपराधका घटनाहरू र प्रहरी बाट हुने कमी कमजोरीहरूको सूचना दिन उनले सर्वसाधारण व्यक्तिहरूलाई आग्रह गरे । कमी कमजोरीहरूलाई नियन्त्रण गर्न आफू लागु लाग्ने प्रतिबद्धता उनले गरेका छन् ।

अस्थाई प्रहरी पोष्ट स्थापना भए पछि त्यसलाई सुविधा सम्पन्न गर्न र स्रोत साधनले सम्पन्न गर्नको लागी उनले स्थानीय र प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रहरीले मात्र एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने हुँदा स्थानीयहरूको पनि उत्तिकै साथ सहयोग भएको खण्डमा जस्ता सुकै अपराधहरू नियन्त्रण गर्न सकिने प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

यस्तै कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी र स्थानीयवासीको सम्बन्ध नङ र मासु जस्तो हुन आवश्यक हुने बताए । समाजमा हुने विभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी पोष्टले ठुलो भूमिका खेल्ने भएकाले स्थानीयले समेत आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।

वडा अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, कैलाली प्रहरी प्रमुख, नगर प्रमुख सँगै उप–प्रमुख, अन्य वडा अध्यक्षहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो । अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी परिचालन हुने भएका छन् । प्रतिखेतमा अस्थाई प्रहरी पोस्ट स्थापनाको लागी वडा अध्यक्ष विनोद विश्वकर्मा,इलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहरा लगायत विभिन्न व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।

घर आगमनै प्रहरी पहुँच पुग्दा स्थानीयवासी निकै हर्षित र खुसी भएका छन् । प्रहरी पोस्टको स्थापनाले स्थानीयलाई सुरक्षाको अनुभूति दिलाएको छ भने स्थानीयहरू खुसी समेत भएका छन् । अहिले सम्म घोडाघोडीकाका ३ ठाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएका छन् । (साभारः कैलाली खबर)

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed