कैलालीको टीकापुरमा ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बुधबार दिउँसो ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका–६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त विषयमा प्रहरीले थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed