पुरुषलाई जालमा पारेर लुटेको आरोपमा दुई युवती पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् ।​ युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

३ महिनाअघि बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङको बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ति पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा बोलाए । ट्याक्सि चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेका थिए ।

युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरुले ब्ल्याकमेल गरेका थिए ।

हनिट्रयापमा पारेर लुटेको सिक्री भोलिपल्ट १ लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हनिट्रयापर हरुलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाइएको एसएसपी खापुङले बताए ।
(साभारः रातोपाटी)

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *