सत्तीमा दसैंको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा चिठ्ठा कार्यक्रमको नतिजा सम्पन्न

शेयेर गर्नुहोस

गणेश क्षेत्री,
नारायणपुर । नव युवा क्लब सत्तीको आयोजनामा टीकापुर नगरपालिका ७ सत्तिमा दसैंको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा चिठ्ठा कार्यक्रमको आज नतिजा सप्पन्न गरेको छ ।
क्लबका अध्यक्ष धर्म घर्ती मगरको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा टीकापुर नगरपालिका वडान ७ का अध्यक्ष रामलाल डगौरा थारु प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा सामुदायिक सहकारी संस्था सत्तीका अध्यक्ष हरिकुमार कार्की रहनुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी डगौराले कोरोनाको महामारीबाट केही राहत मिलेको समयमा गरिएको सांस्कृतिक कार्यक्रमले मनोरञ्जन त दिनेनै छ र विभिन्न भेसभुसा , विभिन्न समुदायका ब्यक्तिहरुको जमघट हुनेहुनाले पनि मेलमिलाप र भाइचाराको सम्बन्ध बढ्ने बताउनुभयो ।


प्रमुख अतिथिले क्लबको गतिविधि समुदाय र समाजको हितको लागि हुनेगरेको आफुले पाएकोले क्लब लाई वडाले सधै सहयोग गर्ने बताउनुभयो ।
विशिष्ट अतिथी हरि कुमार कार्किले स्थापनाको छोटो समयमा नै जनचेतना मुलक कार्यक्रम गरेर जनतामा सकारात्मक सन्देश दिएको बताउनुभयो ।


क्लबका सचिब दीपेन्द्र श्रेष्ठको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रम मा पत्रकार गणेश क्षेत्री, समाजसेवी यज्ञ न्यौपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

साँस्कृतिक कार्यक्रममा सोनाहा सामुदायको पहिलो चर्चित गायिका सन्जिना सोनाहा , मोडेल तथा डान्सर दिपिका घोरचर , साबित्रा चौधरी , डान्सर अन्जना चौधरी , सनसाइन डान्श स्टुडियोज सत्ती , मोडल तथा डान्शर ओम प्रकाश ग्रुप,नव युवा क्लब को डान्स ग्रुप , भानु सामुदायिक पुस्तकालय को ट्याग गर्ल समूह ,पदमपुर युवा क्लब समूह , सत्ती किसान समुह को साथै स्थानीय कलाकार को बेजोड प्रस्तुति रहेको थियो ।

सभापतिको आसन बाट बोल्दै अध्यक्ष धर्म घर्तिमगर ले क्लबमा इमानदारीता ,जवाफदेहीता र गतिशीलता लाई प्राथमिकतामा राखिएको बताउनुभयो ।


अध्यक्ष घर्तिले कला र सस्कृती देशको धरोहर भएको बताउदै कला र सस्कृती हराएमा मुलुक को अस्तित्व नै धरापमा पर्नेहुनाले सबै मिलेर कला र सस्कृतुको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा चिठ्ठाको नतिजा सार्बजनिक गरिएको थियो । प्रथम पुरुस्कार २० किलोको खसी कृष्ण साउँद , द्वितीय पुरुस्कार लेडिज साइकल सस्कार ठकुल्ला , तृतीय पुरुस्कार रमेस रावल र सान्त्वना पुरुस्कार ५ जनालाई जनही १ हजार का दरले प्रदान गरिएको थियो ।


तेसैगरी कार्यक्रम समाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने ३ जनालाइ सम्मानित गरियको थियो ।टीकापुर दैनिकका प्रमुख सम्बाददाता गणेश क्षेत्रीले क्लब को गतिबिधी प्रकाश पारेको र पत्रकारिताको माध्यम बाट सचेतना तथा खबरदारी गर्ने कार्यमा अग्रणि भुमिका खेलेको ले सम्मानित गरियको थियो ।


त्यसैगरी समाजसेवी बासुदेब राजभन्डारी र स्वास्थकर्मी गोमादेबी ढुंगाना लाई निस्वार्थ रुपले स्वास्थ सेवा प्रबाह गरेकोले सम्मानित गरियको थियो ।
कार्यक्रमको संचालन कार्यक्रम तयारी उपसमिति संंयोजक शशी श्रेष्ठले गर्नुभएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *