लागु औषध तथा दुर्व्यसनी न्यूनीकरण बारे छलफल

शेयेर गर्नुहोस

टीकापुर । लागु औषध तथा दुर्व्यसनी निर्मुलिकरण सम्बन्धी जनचेतना तथा छलफल कार्यक्रम भएको छ । घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र शुभ घोडाघोडी मिडिया प्रा.लिको आयोजनामा लागु औषध तथा दुर्व्यसनी निर्मुलिकरण सम्बन्धी कार्यक्रम भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडमा प्रहरी नायव उपरीक्षक डिएसपी लक्ष्मण बहादुर शाहीले सहभागी युवाहरूलाई लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्यूनीकरणका उपायका विषयमा सहजिकरण गरेका थिए ।

पछिल्लो समय घोडाघोडी क्षेत्रमा युवा युवतीहरू लागु पदार्थ दुर्व्यसनको तलमा फसेको हुँदा शान्ति सुरक्षामा असर पर्न थालेको उनले बताए । लागु औषध दुब्र्यसनीले गर्दा विभिन्न खालका आपराधिक घटनाहरू पछिल्लो समय घटनाहरू घटिरहेको डिएसपी लक्ष्मण बहादुर शाहीले बताए ।

लागु औषधको दुर्व्यसनमा कुनै पनि व्यक्तिलाई फस्न नदिन वा त्यसबाट टाढा रहनबाट बच्न बचाउन सबैभन्दा महत्त्वपूर्ण र पहिलो भूमिका अभिभावकको रहने उनले प्रस्ट पारे । आफ्ना सन्तानहरूलाई सधैँ असल संस्कार र व्यवहार सिकाउन घरपरिवार तथा अभिभावकहरूको पहिलो दायित्व हुने डिएसपी लक्ष्मण बहादुर शाहीको भनाई छ ।

यस्तै घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले लागु पदार्थ दुव्यसनीलाई न्यूनीकरण गर्न सबैले आ आफ्ना ठाउँ बाट लाग्नु पर्ने बताउनु भयो । सुन्दर समाज र राष्ट्र बनाउन युवाहरूको अहम् भूमिका हुने उनको धारण छ । युवाहरू विभिन्न स्वास्थ्य, मनोरञ्जनात्मक तथा खेलकुदका कार्यक्रमहरूमा सहभागी भएर दुर्व्यसनी बाट टाढा हुने पर्ने उनको भनाई थियो । शुभ घोडाघोडी मिडिया प्रा।लिका अध्यक्ष राम सुनारको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो ।

amazed