कैलालीको बलिया स्थित पूर्व पश्चिम राजमार्ग अबरुद्ध

शेयेर गर्नुहोस

टीकापुर । मोटरसाईकलको ठक्कबाट महिलाको मृत्युपछि क्षतीपुर्तिको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन ।

आईतवार दिउसो पुर्व पश्चिम राजमार्ग अन्र्तगत कैलाली लम्कीचुहा नगरपालिका ४ बलिया वजारमा मोटरसाईकलको ठक्करवाट एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरुले क्षतीपुर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका हुन् ।

से ६ प ८७८६ नम्वरको मोटरसाइकलले ठक्कर दिदा लम्कीचुहा ४ बलिया मिलडाडा बस्ने ५५ बर्षिय मनसरा जैशीको मृत्यु भएको थियो ।

मृततका आफन्तले आज बिहानै देखी क्षतीपुर्तिको माग गर्दे वजार वन्द गराउनुका साथै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि अहिले सवारी साधनहरु चल्न सकेका छैनन् ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

amazed