कैलालीमा वडाध्यक्षको मोटरसाइकल तोडफोड

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जगतराम चौधरीको मोटरसाइकल तोड्फोड गरेको आरोपमा एकजना स्थानियलाई प्रहरीले पक्राउ गरेको छ । सो आरोपमा स्थानिय रमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


आइतबार साँझ रमेशले वडाध्यक्षको से १ ब ६७७ नम्बरको सरकारी मोटरसाइकल बन्चरोले तोड्फोड गरेका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार रमेश चौधरीविरुद्ध वडाध्यक्षले सार्वजनिक मुद्दा दर्ता गराएका छन् ।

स्थानीयले वडाध्यक्षले मादकपदार्थ सेवन गरेको दाबी गरेका छन्। तर वडाध्यक्ष चौधरीले माघीको शुभकामना आदानप्रदानको समयमा रोकिएको मोटरसाइकलमा रमेशले बन्चरो प्रहार गरेको बताए ।

तर रमेशले मोटरसाइकल तोडफोड किन गरेका हुन भन्नेबारे स्पष्ट कुरा आएको छैन । रमेशको मानसिक अवस्था कमजोर भएको प्रहरीले जनाएको छ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *