पर्सामा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज

शेयेर गर्नुहोस

पर्सा । कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो ।

जिल्लामा आजदेखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालकलगायतकालाई दिनेछ ।

यसैबीच जिल्लामा यसअगावै सञ्चालित विशेष खोप अभियानमा जिल्लाका १४ वटा पालिकामा एक लाखभन्दा बढीलाई खोपको पहिलो र दोस्रो मात्रा खोप लगाइएको कार्यालयले जनाएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *