शेयेर गर्नुहोस
काठमाडौं । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन -साफ० बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षरगरेको एन्फाले जनाएको छ ।
सम्झौता अनुसार दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने वा भ्रमण गर्नेछन् ।
यस्तै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह–यू–१७, यू–२०, यू–२३० को ट्रेनिङ क्याम्पहरू पनि समावेश हुनेछन् ।
एन्फा र साफबीच रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र विभिन्न प्रतियोगितामा रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुनेछ।
यसैगरी युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई समर्थन र प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन गरिनेछ।
एन्फा अध्यक्ष शेर्पा हाल साउदीको भ्रमणमा छन् । शेर्पाले यसअघि एएफसीका महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग भेटवार्ता गरेका थिए ।