सुदूरपश्चिममा थप ३८८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशमा शनिवार थप ३८८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार ३४४ नमुना परीक्षण गर्दा थप ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार २९९ नमुना पिसिआर गर्दा १८८ जना र एक हजार ४५ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय जनामा संक्रमण देखिएको हो ।
यस्तै २४ घण्टामा ३६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ५२ जना, गड्डाचौकी नाकामा ४७ जना, झुलाघाट नाकामा पाँचजना, पुलघाट नाका दार्चुलामा ८ जना र जोलजिमी नाकामा एकजना गरी ११३ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५२ बर्षीय पुरुषको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कोरोना बढ्नेक्रम जारी रहेको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *