प्रियंकाकी छोरी १२ हप्ता अघि नै जन्मिइन्, कमजोरीका कारण केही दिन अस्पतालमा रहने

शेयेर गर्नुहोस

नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी छैनन् । यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् ।

१२ हप्ता अघि नै आमा बनिन् प्रियंकाः

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भेगासको बाहिरी इलाका सदर्न क्यालिफोनिर्याको एउटा अस्पतालमा भएको हो । समय अगावै बच्चा जन्मिएको कारण बच्चा केही कमजोर छ । निक–प्रियंकाले जबसम्म बच्चा पूर्ण रुपमा स्वस्थ हुँदैन तबसम्म छोरीलाई अस्पतालमै राख्ने निर्णय गरेका छन् ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed