टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई बाढीपिडित संघर्ष समितिको ज्ञापनपत्र

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित बाढीपिडित संघर्ष समितिले रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई शनिवार ज्ञापनपत्र बुझाएको छ ।


टीकापुर नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ प्रत्येक वर्ष नदीको जोखिममा रहदै आएकाले जोखिम न्यूनिकरणका लागि ध्यानाकर्षण गराउन सो समितिले ज्ञापनपत्र बुझाएको हो ।


टीकापुरका बिभिन्न वडाहरु पूर्वतर्फ कर्णाली नदी, दक्षिणतर्फ मोहना नदी र पश्चिमतर्फ पथरैया नदीको जोखिममा रहदै आएको सो समितिको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा शिद्धिशाही कन्ट्रक्शनले ७ वर्षदेखिको अपूर्ण काम तुरुन्त सम्पन्न गरियोस उल्लेख छ ।
यस्तै ज्ञापनपत्रमा उल्लेख गरिएको छ–‘गत कार्तिक २ गतेको बाढीबाट क्षतीग्रस्त शाहीपुर यथाशिघ्र निर्माण कार्य शुरु गरियोस ।’


यसैगरी ज्ञापनपत्रमा निर्माण सम्पन्न भइसकेका बटनपुर, अरुणा, खक्रौला क्षेत्रमा क्षतिग्रस्त काम पुनः निर्माण कार्य थयाशिघ्र शुरु गरियोस् पनि उल्लेख छ ।
साथै सिम्रेनी इन्टेकबाट निस्केको पानी व्यवस्थापन गर्दा सत्ती कर्णाली सामुदायिक वनबाट वन पैदावर सदुपयोग गर्न असहज भएकाले सो क्षेत्रमा पर्ने ३ वटा पुलहरु यथाशिघ्र निर्माण सुचारु गरियोस्पनि ज्ञापनपत्रमा उल्लेख छ ।


रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई ज्ञापनपत्र बुझाउने उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक एवम् सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिँह साउँदले सत्ती कर्णाली सामुदायिक वनको मात्र हालसम्म कर्णाली नदीले करिब २० बिघासम्म जग्गा कटान गरिसकेको जानकारी गराए ।


साउँदले कर्णाली नदीमा गरिएको तटबन्धको तारजालीको गुणस्तर कमजोर भएकाले नदीले सजिलै तटबन्ध भत्काएको दावी गरे । साउँदले– ‘यी बिभिन्न बिषय हरुमा रानी जमरा कुलरियाँ सिचाई आयोजनाले गम्भिर हुनुपर्ने बताए ।’


यसैगरी टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाले कर्णाली नदीको प्रभावित ठाउँहरुमा यो वर्षपनि निर्माण कार्य गरिएन भने जेठ, असारमा स्थानियको भागाभाग हुने सम्भावना बढीरहेको बताए ।


हामीले जुनठाउँबाट जे गर्नुपर्छ तत्पर छौं र यी बिभिन्न बिषयमा रानी जमरा कुलरिया सिँचाई आयोजनाका प्रमुखले गम्भिरतापूर्वक लिनपर्ने पनि ठकुल्लाले आग्रह गरे ।


सो कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलले नदी कैलाली तर्फमात्र रहेकाले कैलाली र बर्दिया बिच छलफल गरी पानी डाइभर्सन गर्न जरुरी रहेको बताए ।
बर्दियाको आयोजना र रानी जमरा कुलरिया सिँचाई आयोजना बिच समन्वय हुन जरुरी छ । समन्वय गरेर दुबै आयोजनाले नदी कटानको समस्या समाधान गर्नसक्ने बिश्वास रहेको पनि नगरप्रमुख रावलले सो कार्यक्रममा बताए ।


यसैगरी रानी जमरा कलरियाँ सिचाई आयोना टीकापुरका प्रमुख केदार श्रेष्ठले कर्णाली नदीमा पुरै पानी कैलालीतर्फ एकित्रित भएकालेपनि नदी कटानको समस्या हुँदै आएको बताए ।


कर्णाली नदीमा ढुंगा, बालुवा जथाभावि उत्खनन्ले पनि नदी कटानको जोखिम हुँदै आएको समेत श्रेष्ठले बताए ।
आफ्नो तर्फबाट कसरी नदी कटानको जोखिम रोक्न सकिन्छ यसतर्फ आफु गम्भिर रहेकोपनि श्रेष्ठले बताए ।


कार्यक्रममा बाढीपिडित संघर्ष समितिका सचिब मनिराम ढुंगाना, सदस्य खड्ग प्रसाद भण्डारी, सदस्य जितराम चौधरी, सदस्य रण बहादुर साउँद, नेकपा एकिकृत समाजवादीका स्थानिय नेता झपट सोडारी लगायतको उपस्थिती रहेको थियो ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed