टीकापुरमा मौलिक जरोकिलो पार्टीद्वारा संगठन बिस्तारमा तिब्रता

शेयेर गर्नुहोस

जनतालाई झुटा आश्वासन दिएर बद्नामित हुनु छैनः राजु कुमार बिष्ट

टीकापुर । कैलालीको टीकापुरमा मौलिक जरोकिलो पार्टीले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ ।


सो पार्टीका कैलाली जिल्ला संयोजक राजु कुमार बिष्टले टीकापुर क्षेत्रका बिभिन्न गाउँवस्तीहरुमा मौलिक जरोकिलो पार्टीको संगठन विस्तारलाई तिब्रता दिएको बताउनुभएको हो ।


बिभिन्न ठुला पार्टीबाट निरास भएका गाउँवस्तीहरुका सोझा जनताहरुले आगामि निर्वाचनमा मौलिक जरोकिलो पार्टीलाई साथ र सहयोग गर्ने आश्वासन दिनुभएको संयोजक बिष्टले बताउनुभएको छ ।


आगामि स्थानीय निर्वाचनमा आफ्नो टीकापुर नगरपालिका मेयरको उम्मेदवारी रहेको भन्दै बिभिन्न सामाजिक सञ्जालबाट सार्बजनिक गरिसक्नु भएका बिष्टले आफुले जनतालाई झुटा आश्वासन दिएर बदनामित नहुने बताउनुभयो ।


शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल कुरा निशुल्क हुनुपर्ने आफ्नो मुख्य एजेण्डा रहेको समेत बिष्टले बताउनुभयो ।


बिष्टले टीकापुर नगरपालिकाका बिभिन्न राजनितिकदल संग आबद्ध भएका बिभिन्न व्यक्तिलाई भेटेर आफुलाई सहयोग गर्न आग्रह गरेको कुरा समेत बताउनुभयो ।


मौलिक जरोकिलो पार्टीका कैलाली संयोजक एवम् टीकापुर नगरपालिका मेयरको उम्मेदवारी घोषणा गर्नु भएका राजु कुमार बिष्टले आगामि स्थानीय निर्वाचनमा टीकापुर नगरपालिकाका बिभिन्न वडाबाट वडाध्यक्ष पदको टुंगो लगाउने तयारी समेत रहेको जानकारी दिनुभयो ।


बिष्टले मौलिक जरोकिलो पार्टीबाट टीकापुर उपमेयरमा हिरादेवी थारु, टीकापुर वडा नं. ४ बाट वडाध्यक्ष पदमा उर्मिला चौधरीको नाम टुंगो लागिसकेको बताउनुभयो ।


बिरेन्द्र बिद्या मन्दिर टीकापुरमा २०५४ सालदेखि शिक्षक पेसामा आबद्ध राजु कुमार बिष्टले २०७६ सालमा अवकाश लिनुभएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed