शेयेर गर्नुहोस
टीकापुर । सामुदायीक वनमा आज झुन्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको छ ।
घोडाघोडी नगरपालिका १० पहलमानपुर स्थित तुल्सिपुर सामुदायिक वनको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको सुखड प्रहरीले जनाएको छ ।
फेला परेको शव बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १ का २८ बर्षियका अम्मर राज जोशी र २४ बर्षिया अस्मीता सिंह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यलय सुखडका अनुसार लगभग १२ दिन पहिले नै मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबााट खुलेको र घटना बारे थप अनुसन्धान भइरहेको छ ।