छाला चिलाउने, पोल्ने र सुन्निने समस्यामा के गर्ने ?

शेयेर गर्नुहोस

छालामा देखिने विभिन्न समस्याले शरीरको अवस्थालाई समेत इंगित गर्छ । खासमा छाला भनेको शरीरको ऐना हो । शरीर कति स्वस्थ र तन्दुरुस्त छ भन्ने कुरा उसको छालाको अवस्थाले देखाउँछ ।

हाम्रो खानपान, जीवनशैली आदिको प्रत्यक्ष प्रभाव छालामा देखिन्छ । छाला स्वस्थ हुनु वा नहुनुमा यी कुरा जिम्मेवार छन् । त्यति मात्र होइन, हाम्रो मानसिक स्थितिले पनि छालालाई प्रभाव पार्छ । चिन्तामुक्त वा सकारात्मक सोच–चिन्तनले छालालाई स्वस्थ बनाउन भूमिका खेल्छ ।

हावापानी वा भनौं मौसमको असर पनि छालामा देखिन्छ । जस्तो, सुख्खायाममा एक किसिमको छालाको समस्या देखिन्छ भने वर्षायाममा अर्कै किसिमको । अहिले वर्षायाम छ । यसबेला पनि छाला सम्बन्धी विभिन्न समस्या देखिन्छ ।

वर्षायाममा छालाको रोग

यो मौसम छालामा विभिन्न किसिमका समस्या देखिन्छ । हातगोडामा रिङवम आउने, एलर्जी ९एक्जिमा० अर्थात् छाला रातो हुने, सुन्निने र फुल्ने हुन्छ । आँखाले देख्न नसक्ने किटाणुको संक्रमणले छाला बेस्सरी चिलाउने, पोल्ने, फोका निस्किने, दाद लगायतका विविध समावेशले सताउने गर्छ ।

वर्षायामको मौसम मिश्रित खालको हुन्छ । कहिले चिसो त कहिले पोल्ने गर्मी । पानी परेको समयमा तैलिय छाला भएका मानिसको छाला धेरै नै तैलिय हुने त्यस्तै सुख्खा छाला पनि बढी सुख्खा हुन्छ । प्र्रतिकूल मौसम भइदिंदा छालालाई छिटो प्रभावित पार्छ । फङ्गस, ब्याक्टेरियाले छालामा विभिन्न समस्या उत्पन्न गराइदिन्छ ।

अब के गर्ने ?

हरेक मानिसलाई छाला एउटै समस्या हुँदैन । कोही व्यक्तिलाई वर्षामा भिज्ने बित्तिकै एलर्जी हुने हुन्छ । कोहीलाई घाममा निस्कँदा ।

छालामा आउने समस्याबाट बच्न पानीदेखि टाढा रहने र घाममा निस्कँदा अनिवार्य सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ । एकदमै सुख्खा छाला हुनेले त अनिवार्य मोइस्चरराइजर लगाउन छुटाउनु हुँदैन ।

नेपालीमा छाला रोगको समस्या

छालाको समस्या उमेर समूह अनुसार फरक हुने गर्छ । किशोरकिशोरीमा डण्डीफोर देखिनु, वयस्क व्यक्तिमा चायापोतो, दुबी जस्ता समस्या देखिन्छन् । पछिल्ला वर्षमा कोरोना संक्रमणबाट जोगिन हामीले स्यानिटाइजर दल्ने, मास्क लगाउने कार्य अनिवार्य गर्छौं । यसले पनि छालामा एलर्जी र डण्डीफोरको समस्या बढाएको छ ।

तनावले छालामा समस्या ल्याउँछ

छाला रोगको प्रमुख कारण तनाव नै हो । व्यस्त जीवनशैली, भागदौड र तीव्र प्रतिस्पर्धाको अहिलेको समयले तनाव सिर्जना गर्छ । मानिस तनाव हुँदा मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो हुन सक्दैन । यी नै मुख्य कारण हुन् ।

रोग लाग्ने एउटा कारण हामीले खाने खाना पनि हो । हामीले कस्तो खाना खाएका छौं । हाम्रो शरीर र खाना एकअर्कासँग नमिल्न पनि सक्छ ।

खानपान पनि कारक

कतिपय खानेकुराले पनि छालाको एलर्जी हुन्छ भन्ने सुनिन्छ रु खास कस्तो खानपान छालामैत्री हुँदैन ?

सबैको छालाको भित्री बनोट फरक हुन्छ । त्यसैगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता पनि फरक हुन्छ । हामीले खाएको खाना र शरीरको प्रतिरक्षा प्रणालीसँग जुध्न जान्छ अनि छालाको एलर्जी हुन्छ । एलर्जी हुने यही खानपान भनेर भन्न गाह्रो हुन्छ ।

यस्तो समस्या व्यक्तिअनुसार भिन्न हुन्छ । कसैलाई बदामले पनि एलर्जी गराउँछ भने कसैलाई समुद्री खाना, चामल, राँगाको मासु लगायतले हुन्छ ।

छालाको समस्यामा वनस्पति पनि कारक

हावाहुरी चल्ने समस्यमा छालामा धेरै समस्या आउने गर्छ । हावाहुरी चल्दा वनस्पतिबाट काउसो उड्छ । यसको सम्पर्कमा आउने व्यक्तिलाई छाला सुन्निने, रातो दाग बस्ने, एलर्जी हुने जस्ता समस्या देखा पर्छन् ।

छालाको समस्याबाट बच्न के गर्ने ?

तैलिय, मिश्रित र सुख्खा गरी छालाका तीन प्रकार हुन्छन् । जसमा सबैभन्न्दा बढी छालाको समस्या सुख्खा छाला हुनेहरुलाई देखिन्छ ।

छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोशिश गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । यस्तै विज्ञापनमा देखेको भरमा कुनै पनि क्रिम लगाउनुहुँदैन ।

क्रिम छनोट गर्दा आफ्नो छालाको प्रकृतिअनुसार गर्नपर्छ । अनिवार्य सनब्लक क्रिम लगाएर मात्रै घाममा निस्कनुपर्छ । छालामा केही समस्या देखिने बित्तिकै छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।
(साभारः अनलाइनखबर)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *