प्रधानमन्त्री देउवा आज कञ्चनपुर आउँदै

शेयेर गर्नुहोस

टीकापुर । प्रधानमन्त्री शेरबहादुर देउवा (आज) शुक्रबार कञ्चनपुर आउँदै छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन प्रानमन्त्री देउवा आज कञ्चनपुर आउन लागेका हुन ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed