शेयेर गर्नुहोस
टीकापुर । जानकी गाउँपालिकाको दशौं गाउँसभा बुधबार सम्पन्न भएको छ । जानकी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ६९ करोड ४९ लाख ६५ हजार बजेट पारित गरेको छ ।
बुधबार भएको गाउँपालिकाको दशौं गाउँसभामा आर्थिक वर्षको निती तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त वजेट ल्याइएको हो ।
उक्त वजेट अन्तरगत चालु तर्फ ४५ करोड ८४ लाख ५ हजार ५ सय १६ रुपैया र पुँजीगत खर्च तर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैया रहेको छ ।
गाउँपालिकाले आय तर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट ३ करोड ९ लाख ५५ हजार, संघिय सामान्यीकरण अनुदानबाट १५ करोड, ८६ लाख, संघिय राजश्व बाँडफाँडबाट १३ करोड ५२ लाख ५१ हजार, संघिय सर्शत अनुदान तर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ ।
यस्तै संघिय समपुरक अनुदानबाट १ करोड ८० लाख, संघिय विशेष अनुदानबाट १ करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ३० लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।
गाउँपालिकाले व्यय तर्फ आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २२ हजार १० रुपैया, सामाजिक विकास तर्फ २५ करोड २३ लाख १७ हजार ९ सय ९९ रुपैया, पुर्वाधार विकास क्षेत्र तर्फ १९ करोड ५८ लाख ११ हजार ५ सय ७५ रुपैया विनियोजन गरेको छ ।
यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७२ लाख ९९ हजार ९ सय ९९ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९ सय ९० रुपैया र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १८ करोड ०१ लाख ७८ हजार ४ सय २४ रुपैया विनियोजन गरेको छ ।
गाउँपालिकाले बिनियोजन गरेको उक्त बजेटको जानकी गाउँपालिकाका वासिन्दाले प्रशंसा समेत गरेका छन् ।