अछामका डीएसपी सरुवा

शेयेर गर्नुहोस

काठमाडौं । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी रविराज थपलियालाई फिर्ता गरिएको छ ।


प्रहरी प्रधान कार्यालयले थपलियालाई फिर्ता बोलाएर नारायण डाँगीलाई अछामको प्रहरी प्रमुखमा सरुवा गरेको छ ।

डीएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।


पञ्चदेवल बिनायक नगरपालिका–४ मा विनोद शाहीको मृत्युपछि अछाममा तनाव सिर्जना भएको थियो । शाहीको शव २१ जेठमा जंगलमा भेटिएको थियो ।


परिवारले सो नगरपालिकाका मेयर लगायतका आरोपी विरुद्ध किटानी जाहेरी दिएका छन् । घटनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed