शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरबाट धम्क्याएर रकम असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर १ को बजार क्षेत्रबाट विप्लव निकट तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
चन्दा असुली भइरहेको गोप्य गुनासोको आधारमा टिकापुर नगरपालिका १ कै जयन्त बिष्ट, जयसिंह सुनार र दिनेश बिकलाई आईतबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले बताए । पक्राउ परेका उनिहरु बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।