शेयेर गर्नुहोस
टीकापुर । कैलालीको धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३० वर्षीया गंगा बोगटी रहेका छन् ।
सोमबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किदा दुई जना घाइते भएका थिए।घाइते भएका बोगटीको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सोही मोटरसाइकल पछाडि सवार गंगाकी श्रीमती शुशिला शर्मा घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको थियो। दुर्घटना परि गाई मरेको छ।