हतकडीसहित फरार युवक जोशीपुरबाट पक्राउ

शेयेर गर्नुहोस

खेम राज पाण्डेय,
भजनी । कैलालीको जोशीपुरमा प्रहरीकै अगाडिबाट एक युवक हतकडीसहित फरार भएका युवक पक्राउ गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार चौधरीलाई जोशीपुर ४हस्नापुर बाट पक्राउ गरेको हो ।

शंकरलाई प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो । ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको थियो।

फरार भएका शंकरको खोजीतलासी गर्ने क्रममा जोशीपुर ४ हस्नापुरबाट ७ बजे २५ मिनेटमा ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय जोशीपुरले पक्राउ गरेको हो।निजको घरमा खोजीतलासी गर्ने क्रममा ४७ किलो सुकाएको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *