शेयेर गर्नुहोस
टीकापुर । कैलालीको बर्दगोरिया गाउँपालिकामा पाँचौँ बर्दगोरिया सेती लोक मार्ग खुला राष्ट्र व्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।
बर्दगोरिया सेती लोक मार्ग निर्माणार्थ दबाब दिने उद्देश्यले खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको हो । मङ्गलवार पत्रकार सम्मेलन गरी विगतका वर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने जानकारी गराइएको छ ।
विगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको सडकपुर बौनिया युवा क्लबले यस पटक पाँचौँ बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । खेलको पाँचौँ संस्करण आगामी असोज ३० गतेबाट सुरु हुने बताईएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले २ लाख २५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १ लाख १५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक रवि कुँवरले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यसै गरी व्यक्तिगत विद्या तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगद १५ हजार सहित ट्रली,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर ,सर्वाधिक गोल कर्ता र उदयमान खेलाडीले नगद १०र१० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा आयोजक सहित देशका विभिन्न ठाउँबाट १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष जीवन बि सि ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । पाँचौँ संस्करणको खेल वडा नम्बर ४ स्थित मुडा बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने बताईएको छ ।