हथौडा प्रहार गरी श्रीमतीको हत्या

शेयेर गर्नुहोस

दाङ । दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।

शुक्रबार आज बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए । 

श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ। 

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *