हथौडा प्रहार गरी श्रीमतीको हत्या

शेयेर गर्नुहोस

दाङ । दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।

शुक्रबार आज बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए । 

श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ। 

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *