शेयेर गर्नुहोस
बैतडी । बैतडीमा भएको प्रहरी सवार जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सो घटना बारे जानकारी दिनु भएको हो ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनाको थप विवरण आउन बाँकी रहेको जनइएको छ ।