कैलाली–१ प्रदेश सभा सदस्मा पनि नागरिक उन्मुक्तिको अग्रता

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यका दुबै निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन् । प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रन्जिता चौधरीले अग्रता बनाइरहेका बेला उक्त क्षेत्रमा प्रदेशमा पनि सोही पार्टीका उम्मेदवार अगाडि रहेका हुन् । 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभा १ मा एक हजार ८६१ मतगणना हुँदा नागरिक उन्मुक्तिका कैलाश चौधरी ७१३ मत सहित अग्रतामा छन् । उनलाई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका दीर्घराज विनाडीले ५५९ मत सहित पच्छाइरहेका छन् । प्रदेश सभा ९२०मा पनि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीको अग्रता छ । एक हजार ५१६ मत गणना हुँदासम्म चौधरीको ७१३ मत छ । उनलाई सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डा.रणबहादुर रावलले ४१२ मत सहित पच्छाइरहेका छन् ।

रावल सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । अघिल्लो पटक बाम गठबन्धन विरुद्ध जित निकालेका रावल कांग्रेस संसदीय दलका नेता पनि थिए । यहाँ एमालेका द्वारिका प्रसाद न्यौपाने तेस्रो छन् । उनको २२६ मत छ । थप बिबरण आउन बाँकी छ ।

ताजा खबर

amazed