कैलालीको घोडाघोडी बाट चित्तलको छाला सहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया खेमराज सापकोटालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनलाई मङ्गलवार राति १० बजे उनको घरमा घेरा हालेर पक्राउ गरेको उनले जानकारी दिए । आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीले बताए ।


चित्तलको छाला कहाबाट ल्याइएको तथा अन्य कुरा बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *