शेयेर गर्नुहोस
अत्तरिया । बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो ।
गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको हो । स्वास्प्रस्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको हो ।