कैलालीमा कटुवा पेस्तोल र गोली बरामद

शेयेर गर्नुहोस


टीकापुर । कैलाली जिल्लामा कटुवा पेस्तोल र गोली बरामद गरिएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान प्रहरीले गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर दिवालमा कपडाले बेरेर लुकाई छिपाई राखेको उक्त पेस्तोल र गोली फेला पारी बरामद गरेको हो ।

amazed