कैलालीमा चितुवाको छालासहित २ जना प्रहरी नियन्त्रणमा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । मोटरसाइकलमा सुर्खेतबाट कैलालीतर्फ आउँदै गर्दा चितुवाको छालासहित २ जना पक्राउ परेका हुन् ।

पक्रमउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बिक र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडाका ५० वर्षीय तुल बहादुर खत्री रहेका छन् ।

सुर्खेतको कुइनेबाट चिसापानीतर्फ से।५ प ८०३१ नम्बरको मोटरसाईकल चितुवाको छालासहित आइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी गराएका छन् ।

प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक जाँच ७ फिट १० ईन्च लम्बाई र ४ फिट ७ ईन्च चौडाई भएको चितुवाको छाला बरामद गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *