अछाममा पानी कुलोमा डुबेर ५ वर्षीय बालकको ज्यान गयो

शेयेर गर्नुहोस

अछाम । अछाममा पानी घट्टको कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको पानी घट्टको कुलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए ।

बालक रावल छारे रोगको बिरामी रहेको परिवारले जनाएको छ ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *