अधिकारबाट बञ्चित नपार

शेयेर गर्नुहोस

कैलालीको साविक धनसिँहपुर गाविस वडा नं. १ हाल टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका वासिन्दा बिगत लामो समयदेखि पिडामा छन् । कहिले नदी कटानको पिडामा छन भने कहिले बाढीको जोखिमबाट । २०२२ सालतिर जंगल फडानी गरेर बसेका श्रीलंकाका बासिन्दाले २०४० सालपछि बिभिन्न समस्याहरु भोग्नु परेको हो । २०४० सालको भिषण बाढी पश्चात बिस्तारै आफ्नो घरपरिवारको सुरक्षाका निम्ति श्रीलंकाका बासिन्दाहरु सुरक्षित स्थानमा बस्न पुगे । तर सुरक्षित स्थानमा बसेतापनि हासम्म उनिहरुले आ–आफ्नो जग्गा उपभोग गर्दै आएका हुन ।


टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका वासिन्दाले बाढी र नदी कटानबाट सुरक्षित स्थानमा गएपनि घरपरिवार पाल्नकै निम्ति आफ्नो जग्गा निरन्तर भोकचलन गर्दै आएका छन् । तर हाल श्रीलंकामा केहि भू–माफिया हरुको जग्गा खरिद बिक्रिमा चलखेल शुरुभयो । भूमाफियाहरुले श्रीलंकाका स्थानीय बिच तिक्तता ल्याउने प्रयास समेत गरे । तरपनि बारम्बार बाढीबाट बिचलित भएका श्रीलंका वासीहरु एकजुट छन । भूमाफिया हरुको प्रतिकारमा छन । हुनपनि श्रीलंकावासी हरुको एकरुपता हुनु जायज छ ।
बारम्बार बाढीबाट पिडित बन्दै आएका श्रीलंका– वासीले एकजुट भएर भू–माफिया हरुको बिरुद्धमा लाग्नैपर्छ । २०२२ सालदेखि श्रीलंकामा भोकचलन गर्दै आएका बाढीपिडितहरुले शक्तिको आडमा अन्यत्र जग्गा खरिद बिक्रि गरेर सोझासाझा स्थानीयको जग्गा अतिक्रमण गर्न खोज्ने भूमाफिया हरु बिरुद्ध उत्रिनैपर्छ ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed