भोजाडको किरण मावि मतदान केन्द्रमा आचारसंहिता उल्लंघन गरेको रास्वपाको स्वीकारोक्ती

शेयेर गर्नुहोस

काठमाडौं, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार बिहान मतदानको समयमा भरतपुर महानगरपालिका- ११ भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ ।

आइतबार बिहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले उनको पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो ।

आइतबार दिउँसो भएको सर्वलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो । सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘‍…राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णय अनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुन: सञ्चालन भएको हो ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *