चितवन-२ मा रास्वपा सभापति लामिछाने भारी मतान्तरले विजयी

शेयेर गर्नुहोस

चितवन, १२ बैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ ।

गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार २ सय ७६ मत पाउनु भएको छ । उहाँले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गर्नु भएको हो । 

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै,  एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो । 

यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गर्नुभएको हो ।

ताजा खबर

amazed