शेयेर गर्नुहोस
टीकापुर । कैलाली जिल्लाको गोदावरीबाट एक बर्षमा ३८ जनाको उद्दार गरिएको छ भने ३६ जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीले गत आर्थिक बर्ष २०७९(०८० मा ३८ जनाको उद्दार गरेको हो ।
उद्दार गरिएकामा १३ जना महिला, २४ जना बालबालिका र १ जना पुरुष रहेका प्रहरीले जनाएको छ। उद्दार गरिएकाहरुलाई बिभिन्न संघ संस्था तथा सेभ हाउसमा पठाइएको इलाका प्रहरी कार्यालयका डिएसपी गणेश बरालले बताएका छन ।
इलाका प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा ३६ जना वेपत्ता भएका छन् । उक्त अवधिमा १५३ जना महिला, बालबालिका र पुरुष हराएको निवेदन प्रहरीकोमा आएकोमा ११७ जना भने फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपी बरालले बताए ।
डिएसपी बरालका अनुसार फेला पर्न बाँकी रहेकाहरुमा १८ जना महिला, ९ जना बालबालिका र ९ जना पुरुष रहेका छन ।















