कैलाली कारागारका एक कैदीको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा एक कैदीको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

उनी जिल्ला कारागार कैलालीमा कैद जीवन विताइरहेका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाका अनुसार क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि चार दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

आईसियुमा राखिएका विष्टको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । विष्ट चोरी मुद्दामा २०७५ साल चैत १२ गतेदेखि कैलाली कारागारमा सजाय काटिरहेका थिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *