भारत काम गर्न गएका दिपक दुई वर्षदेखि बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुरका दानबहादुर चन्द अर्थात् दिपक चन्द बेपत्ता भएको दुई वर्ष पूरा भएको छ। भारतको पञ्चाबबाट बेपत्ता भएको चन्दकी श्रीमती पुजा चन्दले बताइन् ।

बैतडीको पाटन नगरपालिका वडा नम्बर १ बसन्तपुर पुर्खौली घर भएका चन्द रोजगारीको लागि २०७८ असारमा भारतको पञ्जाब गएका थिए। डेढ महिना काम गरेर २०७८ कै भदौ २४ गतेबाट चन्द सम्पर्क बिहिन भएको परिवारले जनाएको छ ।

दुई वर्षदेखि श्रीमान बेपत्ता हुँदा चन्दको परिवारको बिचल्ली भएको छ । चन्दलाई देख्ने र चिन्नेले भारतस्थित नेपाली समुदायले खोलेका संघ संस्थाको सम्पर्क ल्याएर घर फर्किन सहयोग गर्न चन्दकी श्रीमती पुजाले आग्रह गरेकी छिन् ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed