कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय अविशेक सिजापति पक्राउ परेका छन । उनको साथबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै भजनी नगरपलिका–३ कुसमघाटबाट घोडाघोडी नगरपलिका–१ नारायणपुरका २२ वर्षीय लक्ष्मि प्रशाद साप्कोटा र २३ वर्षीय किरण जीसी लागू औषध सहित पक्राउ परेका छन् । उनीहरुको साथबाट १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed