कारागारभित्र भट्टलाई कुटपिट

शेयेर गर्नुहोस

झलारी । कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै विवाद भएको छ ।

कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै आफन्तले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेका छन्। कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको आफन्तको आरोप छ ।

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत आफन्तको आरोप छ। कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्तले आक्रोस समेत पोखेका छन् । कारागार परिसरमा भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ ।

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन् । उनी यसअघि पनि लागुऔषध मुद्दामै पटकपटक कारागार परिसकेका छन् । कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन् ।

आइतवार कैदीलाई उनको आफन्तसँग समेत भेटाइएको बताइन् । ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको उनले दाबी गरिन ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed