कैलालीका दुई व्यवसायी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका दुइ व्यवसायी ठगी गरेको आरोपमा पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी ठगी आरोपमा पक्राउ परेका हुन् ।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका सञ्चालक तिवारीलाई सोमबार थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो ।

दुबै जनालाई प्राप्त उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको छ । म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed