स्व. पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर दैनिकले स्व. पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग गरेको छ । आफ्नो तेस्रो बार्षीकोत्सवको अवसरमा पत्रिकाले कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडाका जोशीको परिवालाई सहयोग गरेको हो ।

शुक्रबार अत्तरिया खबर दैनिकका संचालक बालकृष्ण ओझाले स्व। पत्रकार जेपी जोशीकी धर्मपत्नी बसन्ती जोशीलाई १० हजार नगद रकम हस्तान्तरण गरेका थिए ।

उनले बार्षीकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत स्व। पत्रकार जेपी जोशीको परिवारलाई सहयोग गरिएको बताए ।
१४ बर्ष अघि पत्रकार जेपी जोशीको चौकिडाँडा सामुदायिक वनमा शव फेला परेको थियो । उनको बेपत्ता भएको ६१ दिनपछि शव फेला परेको थियो ।
पत्रकार जेपी जोशीको मृत्युपछि हाल उनको परिवार आर्थिक संकट संग जुध्दै आएको छ ।

उनका २ छोरी हाल विभिन्न संघ सस्थाहरुको सहयोगमा अध्ययनरत रहेका छन । पत्रकार जेपी जोशी मृत्यु प्रकरण अझै सम्म पनि रहस्यमय नै रहेको छ

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed