कैलाली उधोग बाणिज्य संघ ५३ बर्षमा

शेयेर गर्नुहोस

धनगढी । कैलाली उधोग बाणिज्य संघ को ४९ औं साधारण सभा धनगढीमा शुरु भएको छ । संघका अध्यक्ष पुस्पराज कुँवर को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सरकारका उधोग, बन तथा पर्यटन मन्त्री रमेश धामी रहेका छन् ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संघका बरिस्ठ उपाध्यक्ष पुष्कर ओझाले अहिले को परिस्थितिमा ब्यबसायीक क्षेत्र निकै अप्ठ्यारोमा परेकाले यसको समग्र असर समाज को सबै क्षेत्रमा परेको बताए ।

निजि क्षेत्रलाई ब्यबसाय गर्ने बाताबरण सहज रूपमा बनाउन उनले सरकार लाई आग्रह समेत गरे । कार्यक्रममा जिल्लाका विभिन्न नगर उधोग संघ का अध्यक्ष एबम प्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएत जिल्ला भरका व्यबसायीहरु को सहभागीता रहेको छ । कैलाली उधोग बाणिज्य संघ प्रदेश कै अग्रणी संस्था हो ।

संघले बिगतमा विभिन्न कालखण्डमा यस क्षेत्रको बिकासमा नेतृत्वदायी भुमिका निर्बाह गर्दै आएको छ । संघ को स्थापना भएको ५३ बर्ष भएको छ । संघको स्थापना २०२७ सालमा भएको थियो ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed