शेयेर गर्नुहोस
टीकापुर । टीकापुर अस्पतालमा नेपाल निजामती कर्मचारी युनियनले बिरामीहरुलाई आज फलफुल बितरण गरेको छ ।
युनियनकोे २१ औं स्थापना दिवशको अवशरमा टीकापुरक्षेत्रमा आबद्ध नेपाल निजामती कर्मचारी युनियनसंग सम्बन्धित कर्मचारीहरुले अस्पतालमा फलफुल बितरण गरेका हुन ।
टीकापुर अस्पतालका ७० जना बिरामीहरुलाई फलफुल बितरण गरेको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सदस्य एवम् मालपोत कार्यालय टीकापुरका कर्मचारी ऐन सिँहले जानकारी दिनुभयो ।
उक्त फलफुल बितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनकि केन्द्रिय सदस्य एवम् टीकापुर नगरपालिका कर्मचारी अमृता रावल लगायत सो युनियन संग सम्बन्धित टीकापुर नगरपालिका, टीकापुर अस्पताल, जानकी गाउँपालिका लगायत बिभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


















