शेयेर गर्नुहोस
टीकापुरदेखि बसपार्कसम्मको मुख्य सडक निर्माण हुन थालेको लामो समय बिति सकेको छ । पटकपटक निर्माण कम्पनीले म्याद थप मात्र लिदै आएको छ । तर सडक सुस्त गतीमा निर्माण भइरहेको छ । तर सडक सुस्तगतीमा निर्माण भइरहदा समेत कसैलाई वास्ता छैन । यस बिषयमा टीकापुरका नेताहरु बोलेका छैनन् । न त यहाँको प्रशासन बोलेको छ । साथै निर्माणका बिषयमा स्थानीय सरकारको सबैभन्दा बढी जिम्मेवारी रहन्छ । तर टीकापुर नगरपालिकाले समेत कानमा तेल हालेको भनाइ झै देखिएको छ ।
टीकापुर बजारदेखि बसपार्क सम्मको सडकका कारण आवतजावत गर्नेहरु लाई निकै असहज भइरहेको छ । यो समस्या पटकपटक हुने गरेको हो । सडक निर्माण कम्पनीले मनपरी ढंगले सडक निर्माण गर्दै आएको छ । टीकापुर नेपाल बैंक लिमिटेड नजिकै पुनः सडक अबरुद्ध छ । सडक अबरुद्ध भएकाले नै यात्रुवाहक सवारी साधनहरुले अन्यत्र बाट असहज परिस्थिती का बावजुद आवतजावत गर्नुपर्ने बाध्यता त्यतिकै छ । साथै बर्षायाम सकिदै लाग्दा बिभिन्न रोगको प्रकोप समेत बढेको छ ।
टीकापुरका बिभिन्न अस्पताल र मेडिकलहरुमा बिरामीको चाप छ । एम्बुलेन्सबाट टीकापुरको मुख्य सडकबाट आवजावत गर्न समस्या छ । समयमा एम्बुलेन्स अथवा अन्य कुनैपनि वाहनबाट बिरामीलाई लैजान लाग्दा समयमा बिरामीको उपचार हुन नपाउदा बिरामीको ज्यानै नजाला भन्न नसिकिने अवस्था देखिन्छ ।










