बाजुरामा करेन्ट लागेर महिलाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । विजुलीको वितरण लाइनबाट करेन्ट लागेर बाजुरामा महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो बडिमालिका नगरपालिका–६ बुढा कोर्धकी ४५ वर्षिया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed