बाजुरामा करेन्ट लागेर महिलाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । विजुलीको वितरण लाइनबाट करेन्ट लागेर बाजुरामा महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो बडिमालिका नगरपालिका–६ बुढा कोर्धकी ४५ वर्षिया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed