कैलालीको टीकापुरमा ३६ दिने सहयोग शिक्षक तालिम सम्पन्न

शेयेर गर्नुहोस

जगत कुमारी जैशी


टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मालिका टोल स्थित टेकबहादुर साउँद स्मृति प्रतिष्ठानको सभाहलमा सञ्चालित ३६ दिने सहयोग शिक्षक तालिम सोमबार समापन भएको छ ।

पतञ्जली योग नगरसमिती टीकापुरको आयोजनामा शुरुभएको तालिममा विभिन्न क्षेत्रमा क्रियाशिल २५ जना व्यक्तित्वहरुले सह–योग शिक्षक तालिम लिनुभएको छ ।
पतञ्जली योग नगर समिती टीकापुरका अध्यक्ष छबिलाल जैशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पतञ्जली योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्र प्रमुख अतिथि रहनुभएको थियो ।


कार्यक्रममा पतञ्जली योग समिती सदूरपश्चिम प्रदेश समिती महामन्त्रि देव बहादुर मल्ल, प्रदेश सदस्य तारा खरेल, पुरन महत्तो, जिल्ला महिला अध्यक्ष शोभा शर्मा, जिल्ला उपाध्यक्ष खडानन्द सापकोटा, जिल्ला सदस्यहरु सर्वनन्द चपाई, वाशुदेव बज्गाई, मुक्तिनाथ रेग्मी, शालिग्राम शर्मा, पुस्कर खड्का, जीवन रिमाल, टेकराज सापकोटा, नगर महिला अध्यक्ष कल्पना जैशी लगायत योग प्रशिक्षकहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिश्रले योगलाई आफ्नो जिवन पद्धतीको रुपमा अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो । रोगीले मात्र नभए स्वास्थ व्यक्तीले पनि निरोगी रहनको लागि हरेक दिन अनिवार्य रुपमा योग अभ्यास, प्राणायाम, ध्यान गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित अतिथिहरु सहित सहभागिहरुको तर्फबाट राजेन्द्र प्रसाद भट्टराई र कलावती तिमिल्सेनाले आफ्ना धारणा राख्नुभएको थियो ।

तालिममा योग प्रशिक्षकहरु छबिलाल जैशी, सर्वनन्द चपाई, शालिग्राम शर्मा, वाशुदेव बज्गाई, मुक्तीनाथ रेग्मी, तारा खरेल लगायतले ३६ दिनसम्म प्रशिक्षण दिनुभएको थियो । तालिम सम्पन्न गरेका सह–योग शिक्षकहरुले ७ दिनसम्म विभिन्न क्षेत्रमा संचालित योग शिविरहरुमा योग प्रशिक्षण अभ्यास सम्पन्न गरेपछि प्रमाणपत्र प्रदान गरिने पतञ्जली योग नगरसमिती टीकापुरका अध्यक्ष जैशीले बताउनुभयो ।

निशुल्क रुपमा मानविय सेवामा समर्पित भएर आफ्नो र समुदायका मानिसहरुको स्वास्थ्य लाभको लागि गरिने योग अभ्यासले समाजलाई समेत एकआपसमा जोड्ने काम गरिरहेको उहाँले बताउनुभयो । मानिसहरुमा उत्पन्न हुने विभिन्न खालका दुर्भावनाहरुलाई हटाएर सकारात्मकता को विकास गर्दै एक सबल, सक्षम र सफल मानिस बनाउनको लागि पनि योग अपरिहार्य रहेको अध्यक्ष जैशीको भनाई थियो । पतञ्जली योग नगरसमितीले टीकापुरका विभिन्न क्षेत्रमा निशुल्क रुपमा दैनिक नियमित योग कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed