कैलालीको जोशीपुरका चौधरीको दुर्घटनामा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलालीको वर्दगोरिया गाउँपालिका–२ राजमार्गमा बा. ७८ प ३६४६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीकै जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय डाटाप्रसाद चौधरी रहेका छन् ।

शुक्रबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको वौनियास्थित बर्दगोरिया अस्पत्तालमा उपचार हुन नसकेपछि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको थियो । उपचारका क्रममा निसर्गमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाईकल र मोटरसाईकल चालक कैलालीकै लम्कीचुहा नगरपालिका–७ का २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed