जाजरकोट भूकम्पः भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

शेयेर गर्नुहोस

काठमाडौं । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ ।

प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ ९९८५११४३६६६०लाई सम्पर्क गर्नसक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ ।

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २र२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बाँकेमा रगतको मौज्दात रहेको छ । अपुग भएका फ्रेस रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ स् ४७ बजे ६।४ म्याग्नेच्युडको भूकम्प जाँदा नलगाड, भेरीलगायत रुकुमको आठविसकोटमा ठूलो मानवीय क्षति भएको छ ।
(यो समाचार अनलाइनखबर बाट लिइएको हो ।)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed